खेलकुद

एन्फा कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ।

आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध प्रर्दशन गर्दै ३ बुँदे मागसहित तालाबन्दी गरेका हुन्।

खेलाडीहरूको विरोध प्रदर्शनमा एन्फाले प्रहरी लगाएर बल प्रयोग गर्न खोजेपछि एन्फा परिसरमा नै बसेर विरोध जनाएका थिए।

खेलाडी संघले शहिद स्मारक ए डिभिजन लिग सञ्चालनको सुनिश्चितता जसमा ए डिभिजनको मिति तोक्नैपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गतवर्ष एकै प्रतियोगिताबाट जम्मा ६५ लाखसहित) र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमिति बैठकबाट पास समेत भएको उपलब्ध गराउनु पर्ने माग राखेका छन्।

खेलाडी समंघले यसअघि पटक पटक वार्ता तथा सडक संर्घषका बाबजुद पनि आफूहरूको मागहरू एन्फाले वेवास्ता गरेका कारण एन्फा मुख्यालयमा तालाबन्दी गर्नुपरेको बताएको छ।

संघले आफूहरूको मागको उचित कार्यान्वयन नहुँदै संघले लगाएको ताला सहमति बिना खोले त्यसबाट आइपर्ने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फाले नै लिनुपर्ने बताएको छ।

 

 

 

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...