खेलकुद

सुदूरपश्चिम र एपीएफ क्लबको लगातार दोस्रो जित

काठमाडौँ। धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि २० प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब नेपालले लगातार जित निकालेका छन्।

सुदूरपश्चिमले लुम्बिनीलाई र एपीएफले गण्डकीलाई पराजित गरर्दै लगातार जित निकालेका हुन्। सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ। पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको छ।

१ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रन जोड्दै अल आउट भयो। लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १४ रन बनाइन्। कप्तान सरस्वती जिएमले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि रेवती धामीले ३, आशिका महराले २ तथा करिष्मा थापा, जानकी थापा, ऋतु कनौजीया र कविता कुँवरले समान १ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि कविताले सर्वाधिक ५५ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् ।

ओपनर मनिषा बोहोरा २३ र ऋतु कनौजिया १८ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले समान १ विकेट लिए ।

यता, एपीएफले गण्डकीलाई ८ विकेटले पराजित गरेको हो। खेल १५ ओभरमा छोट्याइएको खेलमा ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। एपीएफको जितमा कप्तान इन्दु बर्माले नट आउट रहदै सर्वाधिक २६ रन जोडिन्। उनले २१ बलमा २ चौका प्रहार गरिन्।

ममता चौधरी १८ रनमा आउट हुँदा रोमा थापा १४ रनमा नट आउट रहिन्। गण्डकीका लागि आकृती तिवारी र एशोदा भुजेलले समान १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोडेको थियो। गण्डकीका कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन्।

रेखा तामाङ १७ तथा श्रेया शाही १३ रनमा आउट भए। एपीएफकी बिन्दु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिइन्। एपीएफले मंगलवार पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो। गण्डकीको यो दोस्रो हार हो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...