भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डमाथि ९६ रनको जित हासिल गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १५९ रनमा समेटियो। न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्ट सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। २६ बलको सामना गरेका उनले २ चौका तथा ५ छक्का प्रहार गरेका थिए। कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन जोडे।
भारतका लागि जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए। त्यसअघि भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो।
भारतका लागि सुरुवाती तीनै ब्याटरले अर्धशतक प्रहार गरे। सञ्जु स्यामसन सर्वाधिक ८९ रनमा आउट भए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका थिए। पहिलो विकेटका लागि अर्का ओपनर अभिषेक शर्मा र स्यामसनले ४३ बलमा ९८ रनको साझेदारी गरे। शर्मा २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५२ रनमा आउट भए। तेस्रो विकेटका लागि स्यामसनले इशान किशनसँग ४८ बलमा १०५ रनको शतकिय साझेदारी गरे। किशनले ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए।
न्युजिल्याण्डका लागि जिम्मी निशमले १६ औं ओभरमा महत्वपुर्ण ३ विकेट लिएपछि भारतको रन गती रोकिएको थियो। भारतले कप्तान सुर्यकुमार यादवलाई रनको खाता नखोल्दै गुमायो। हार्दिक पाण्ड्या १३ बलमा १८ रन बनाउँदै आउट हुँदा शिभम दुवे २६ रनमा अविजित रहे। भारतले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ५२ रन जोड्न सफल भयो।
न्युजिल्याण्डका लागि जिम्मी निशमले ३ तथा रचिन रविन्द्र र म्याट हेनरीले समान १ विकेट लिए । दोस्रो पटक फाइनल खेलेको न्युजिल्याण्डले फेरी पनि उपविजेतामा चित्त बुझाएको छ। न्युजिल्याण्ड सन् २०२१ को विश्वकप फाइनलमा पनि अस्ट्रेलियासँग पराजित हुदै उपविजेता बनेको थियो।
टी– २० विश्वकपको लगातार दोस्रो पटक उपाधि जित्ने भारत पहिलो राष्ट्र समेत बनेको छ। सन् २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकपमा समेत भारत च्याम्पियन भएको थियो। त्यस विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई फाइनलमा पराजित गरेको थियो।
घरमा नै आयोजना भएको विश्वकपमा च्याम्पियन बन्ने पनि भारत पहिलो राष्ट्र बनेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। कूल १ करोड १० लाखको हाराहरीमा...




