जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वय प्रक्रिया अघि बढ्छः अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी उहाँले दिनुभएको हो ।
सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले आफूले प्रतिवेदन समाप्त गर्न चाहे अनुसारको समय सरकारले दियो र आज भर्खरै उहाँहरूले प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीलाई बुझाउनुभएको छ । सम्माननीय प्रधानमन्त्रीले त्यो बुझ्ने बेलामा ‘यो सरकारले नै कार्यान्वयन गर्नको निमित्त समय बाँकी छैन, तर यो प्रतिवेदन जेन्जीहरूसँग गरिएको एउटा समझदारी बमोजिम, युवाहरूले जुन आवाज उठाएका थिए, त्यो बमोजिम हामी यो प्रतिवेदनलाई मन्त्रिपरिषद्मा लिएर गएर छलफल गरेर सार्वजनिक गर्ने प्रयत्न गर्छौँ ।’ जेन–जी आन्दोलन जाँचबुझ आयोगको टोलीले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।—न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
ओमप्रकाश अर्यालद्वारा गृहबाट बिदाई
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ। नवनिर्वाचित...
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताउनुभएको...
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...




