४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४ यातायात व्यवसायीहरुमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष समेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजीत भएका छन् ।
उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केपी खनालले १९ हजार बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् ।
अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा २८ हजार ८ सय मत ल्याएर उनले जित हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार धु्रवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए ।
त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका उनले ३० हजार ८ सय मत ल्याएर जित हाँसिल गरेका छन् । सापकोटाका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली काँग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएकोमा पराजय भोग्नुपरेको छ ।
सो क्षेत्रबाट झविलाल डुम्रे रास्वपाका उम्मेदवारले २५ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरे । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुप¥यो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम
काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक...
समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोगले यसबारे जानकारी...
यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]
काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्। नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको...
यस्तो छ पुकार बमको खर्च विवरण
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण...




