बुधबार, माघ २३, २०८१
English
Follow us:

बढ्यो पेट्रोल र डिजेलको भाउ, अब ३ वर्गमा विभाजन गरेर बढ्नेछ गाडी भाडा

बढ्यो पेट्रोल र डिजेलको भाउ, अब ३ वर्गमा विभाजन गरेर बढ्नेछ गाडी भाडा

  • खबर सेवा

  • बुधबार, माघ २, २०८१

  • 47
    SHARES
बढ्यो पेट्रोल र डिजेलको भाउ, अब ३ वर्गमा विभाजन गरेर बढ्नेछ गाडी भाडा

काठमाडौँ। पेट्रोल र डिजेलको भाउ बढेको छ। नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेलर मट्टीतेलमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी दोस्रो वर्गमा सुर्खेत र दाङ तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology