Breaking News

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

कूल १ करोड १० लाखको हाराहरीमा मतदान भएकोमा अहिलेसम्म झण्डै ९५ लाखभन्दा बढी मत गणना भइसकेको छ। अब करिब १५ लाख मत गन्न बाँकी छ। समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा सिट बाँडफाडको चासो पनि उत्तिकै छ।

हाम्रो प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहने प्रावधान छ। जसमध्ये १ सय ६५ जना प्रत्यक्ष निर्वाचित भएर आउनेछन् भने १ सय १० जना समानुपातिक तर्फबाट । जसमध्ये प्रत्यक्षतर्फको १ सय ६३ जनाको टुंगो लागिसकेको छ भने यो समाचार तयार पार्दासम्म संखुवासभामा मतगणना अन्तिम चरणमा छ।

धनुषा १ मा मतगणना भइसके पनि उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवारले सर्वोच्चमा रिट दायर गरेपछि तत्काल परिणाम आउँदैन। यसमा सर्वोच्चले सोमबार कारण देखाउ आदेश जारी गर्दै शुक्रबार दुबै पक्षलाई छलफलमा बोलाएको छ।

यसरी चयन हुन्छन् समानुपातिक सांसद

समानुपातिकबाट दलहरुले देशभरबाट प्राप्त गरेको मतको आधारमा सांसद चयन हुन्छन्। निर्वाचन आयोगमा मतदान हुनुभन्दा अगाडि नै दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेका छन्।

समानुपातिकको मतगणना सकिएपछि उनीहरुले प्राप्त गरेको मतका आधारमा निर्वाचन आयोगले सिट संख्या टुंगो लगाउँछ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मंगलबारसम्म समानुपातिक तर्फको सबै मतगणना सक्ने तयारी छ।

गणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरुले प्राप्त गरेको सिटका आधारमा आयोगले समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्विचत हुने सांसदको नाम सिफारिस गर्न राजनित दलहरुलाई पत्राचार गर्नेछ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउनेछ ।

 

सम्बन्धित समाचार

पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम

पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम

काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक...

समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा

समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोगले यसबारे जानकारी...

यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]

काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्। नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको...

यस्तो छ पुकार बमको खर्च विवरण

यस्तो छ पुकार बमको खर्च विवरण

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण...