खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट लुम्बिनीमा हुने

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ।

क्यानले प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जानकारी दिएको छ। क्यानले माघ ७ गतेदेखि २८ गतेसम्म जिल्ला छनोट र फागुन ३ देखि १८ गतेसम्म प्रादेशिक प्रतियोगिता गरिसक्नुपर्ने कुरा उल्लेख गरेको छ।

प्रधानमन्त्री कपको छैटौं संस्करण लुम्बिनी प्रदेशको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र बागमती प्रदेशको त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा सम्पन्न भएको थियो।

त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराएको थियो।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...