Breaking News

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा यो हप्ताभित्र आक्रमण सकिन्छ त भनी सोधिएको प्रश्नमा ट्रम्पले नसकिने जवाफ दिनुभयो ।

ट्रम्पले विरोधाभासपूर्ण जस्तो सुनिने सन्देश प्रश्तुत गर्दै अमेरिकी लक्ष्यहरू धेरै हदसम्म पूरा भइसकेको घोषणा गर्नुभयो । अर्कोतर्फ अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युद्ध भर्खरै शुरु भएको छ भनी दिएको पूर्व चेतावनीको पनि समर्थन गर्नुभयो ।

ट्रम्पका अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण शुरु गरेयता अमेरिकी सेनाले ५ हजारभन्दा बढी लक्ष्यहरूमा प्रहार गरिसकेको छ । इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनीलाई चयन गरिएकोमा आफू निराश भएको ट्रम्पले बताउनु भयो । तर युवा खामेनीलाई घातक आक्रमणको निशाना बनाइन्छ कि बनाइँदैन भन्ने प्रश्नको जवाफ दिन भने उहाँले अस्वीकार गर्नुभयो । ट्रम्पले ह्वाइट हाउसले मूल्य घटाउन तेलसँग सम्बन्धित केही प्रतिवन्धहरू फुकुवा गर्ने पनि बताउनु भयो । तर कुन–कुन प्रतिवन्धहरू हटाइनेछ भन्ने खुलाउनु भएन ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीका साथै वरिष्ठ सैन्य कमाण्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी आधार शिविरहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको शृङ्खला शुरु गरेको थियो ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सोमवार सामाजिक सञ्जालमार्फत अमेरिकाका लागि इरानले धेरै आश्चर्यजनक कुराहरू सँगालेर राखेको बताउनु भयो । साथै उहाँले कुनैपनि अमेरिकी षड्यन्त्र विरुद्ध इरान पूर्ण तयारी अवस्थामा रहेको कुरामा पनि जोड दिनुभएको छ ।

सम्बन्धित समाचार

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

धनगढी। कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर...

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले...