Breaking News

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार पूर्वअर्थमन्त्री पुन रोल्पाबाट २७ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसका सुदनकुमार वलीले १२ हजार आठ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचनमा प्रतिस्पर्धी पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महत भने नुवाकोट क्षेत्र नं। १ मा पराजित हुनुभएको छ । निर्वाचनमा उहाँले १८ हजार ५९७ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का विव्रmम तिमिल्सिना २२ हजार ५०९ मतसहित निर्वाचित हुनुभयो ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि रुपन्देही–२ बाट रास्वपाका सुलभ खरेलसँग पराजित हुनुभएको छ । विजयी खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

रुकुमपश्चिमबाट उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि पराजित हुनुभएको छ । उहाँ १४ हजार ३४६ मतसहित सो क्षेत्रमा तेस्रो स्थानमा रहनुभएको छ । सो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०१ मत ल्याएर विजयी हुनुभयो ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि निर्वाचनमा पराजित हुनुभएको छ । सुनसरी क्षेत्र नं। ४ बाट उम्मेदवारी दिएका कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभयो । उक्त क्षेत्रबाट विजयी रास्वपाका दीपककुमार साहले ४२ हजार ७७१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

 

सम्बन्धित समाचार

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

धनगढी। कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर...

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...