खेलकुद

डियालोको ह्याट्रिक, युनाइटेडको जित

काठमाडौँ। एमाड डियालोको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले जित हासिल गरेको छ। घरेलु मैदानमा युनाइटेडले बिहीवार साउथह्याम्पटनलाई ३-१ ले हरायो। खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे।

खेलमा अग्रता साउथ लियो। ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता बनायो। डियालोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । ९०औं दोस्रो गोल गरेका डियालोले इन्ज्युरी समयमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे ।

युनाइटेड २१ खेलमा २६ अंकका साथ १२औं स्थानमा उक्लेको छ । साउथह्याम्पटन ६ अंकका साथ तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...