खेलकुद

नेपाली महिला टिमले पहिलो पटक खेल्दैछ विश्वकप

काठमाडौँ। नेपालको यू–१९ महिला टोलीले शनिबार ऐतिहासिक विश्वकप क्रिकेट खेल्ने भएको छ। बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै इतिहास रच्न लागेको हो।

खेल सवा १२ बजे सुरु हुनेछ। गएको कात्तिकमा यूएईमा भएको एसिया छनोट पार गर्दै नेपाली यू–१९ महिला क्रिकेट टोलीले इतिहास रचेको थियो। विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। त्यसपछि मलेसिया पुगेर अभ्यास खेलेको नेपालले विश्वकप खेल्न लागेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

यो विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...