समाचार

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

काठमाडौं। डडेल्धुरामा हिजो साँझ भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।

परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महराको मृत्यु भएको हो।

बन्दुक पड्किएपछि गम्भीर लागेर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

सप्तरी। सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५...

यस्तो रहनेछ मौसम

यस्तो रहनेछ मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

प्रत्यक्षमा निर्वाचित सांसद :  खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट...

दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते

दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते

नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२...