Breaking News

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

पीडित बिर्जाराम चमारको उजुरीका आधारमा आज उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ।

अन्य आरोपीको खोजी जारी रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

गत फागुन १९ गते होली मनाउने क्रममा सामान्य भनाभनपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर साँझ बिर्जाराम चमारको घरमै प्रवेश गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ। सो क्रममा घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरिएको र दुईवटा मोबाइलसमेत फोडिएको पीडित बिर्जाराम चमारले बताउनुभयो।

कुटपिटबाट बिर्जाराम चमारको ढाड र घाँटीमा चोट लागेको छ, भने उनकी श्रीमती गायत्रीदेवी रामको शरीरभरि निलडाम परेको छ। चमारको छोरा राजकुमार रामको टाउकोमा चोट लागेको छ, भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेको बताइएको छ।

सम्बन्धित समाचार

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने

नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने

काठमाडौँ। मध्यपूर्वमा देखिएको तनावका कारण स्थगित भएको नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने भएको छ। नेपाल एयरलाइन्सले बुधबार...

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

भारतका इच्छा मृत्युको अनुमति

भारतका इच्छा मृत्युको अनुमति

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले आज पहिलोपटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ। इज्जतका साथ मृत्युलाई मौलिक हकको मान्यताको व्याख्या...