Breaking News

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन्। बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्ने अझै यकिन भइसकेको छैन। प्रहरी नायब उपरीक्षक पालका अनुसार विस्फोट भएको सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन।

“प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा छ। चोहर्वास्थित नन्दाबक्स गणबाट निष्क्रिय टोली पनि आइसकेको छ र थप अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो।

घटनापछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने

नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने

काठमाडौँ। मध्यपूर्वमा देखिएको तनावका कारण स्थगित भएको नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने भएको छ। नेपाल एयरलाइन्सले बुधबार...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

भारतका इच्छा मृत्युको अनुमति

भारतका इच्छा मृत्युको अनुमति

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले आज पहिलोपटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ। इज्जतका साथ मृत्युलाई मौलिक हकको मान्यताको व्याख्या...