Breaking News

काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो माग गर्नुभएको हो। विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । उहाँले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउनु भयो । सांसद थापाले काँग्रेसले जनताले दिएको म्यान्डेटलाई स्विकार गर्दै अघि बढ्ने पनि बताउनु भयो।

उहाँले भन्नुभयो,‘जनताले जुन म्यान्डेट दिएको छ । त्यो स्विकार्य छ । त्यही मान्डेटअनुसार हामीले राम्रो काम गर्दै जानुपर्छ । मेरो स्पष्ट भनाई के हो भने विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ । नियमित महाधिवेशनवाला हामीले के भनेका थियौँ भने महाधिवेशन गरौँ । तर निर्वाचन आइसकेको छ । पार्टीमा सहमती, सहकार्य राष्ट्रिय एकता हुनुपर्ने हो नि त । पार्टीको नीति भनेकै एकता, सहमती र सहकार्य हो नि त । सबै नेताहरुले त्यो गर्दै चुनावमा एकजुट भएर जाऔ अधिवेशन चाहीँ चुनाव पछि नै गरौ भनेका थियौँ । तर त्यो कुरा मानिएन । विशेष अधिवेशन नामको एउटा भेला गरियो । र पार्टीलाई क्याप्चर गरियो । यो विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो । यो कुरा मैले हिजो पनि भनेको हो, अहिले पनि भन्छु, भोली पनि भन्छु–निर्वाचन आयोगमा सेटिङ अनुसार क्याप्चर भएको हो पार्टी । यही विशेष अधिवेशनको कारणले आज हामी हारेका छौँ । फेरि उठनु छ । मैले भनिसके–हामीमा एकता हुनुप¥यो । त्यो एकता भएन । विशेष महाधिवेशनको कारणले हारियो । गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास हो।’

सांसद बस्नेतले गगन थापा लगायतका नेताहरुले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर काँग्रेस कब्जा गरेको आरोप समेत लगाउनु भयो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...

दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै

दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै

दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्रीका इन्टरसेप्टर क्षेप्यास्त्रहरू मध्यपूर्वमा सार्ने तयारी गरिरहेको एक...

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...