मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन र नागरिक तथा नागरिक पूर्वाधारमाथिका सबै आक्रमणहरूको निन्दा गर्ने मस्यौदा प्रश्ताव पारित गर्न असफल भएको छ ।
परिषद्ले रुसद्वारा प्रायोजित उक्त मस्यौदा प्रश्तावलाई अस्वीकार ग¥यो । जसमा पक्षमा चार मत, विपक्षमा दुई मत र नौ सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए । रुस, चीन, पाकिस्तान र सोमालियाले प्रश्तावको पक्षमा मतदान गरे भने संयुक्त राज्य अमेरिका र लाटभियाले यसको विपक्षमा मतदान गरे ।
यसअघि सुरक्षा परिषद्ले मध्यपूर्वको वर्तमान संकटसम्बन्धी एउटा अर्को मस्यौदा प्रश्ताव पारित गरेको थियो । यो संकट फेब्रुअरी २८ मा शुरु भएको अमेरिका र इजरायलको इरानमाथिको संयुक्त सैन्य आक्रमण र त्यसपछि यस क्षेत्रभरि इरानले गरेको जवाफी कारबाहीका कारण उत्पन्न भएको हो ।
खाडी सहयोग परिषद्को तर्फबाट बहराइनले पेश गरेको उक्त मस्यौदा प्रश्ताव १३ मतको समर्थन र दुई मतको अनुपस्थितिमा पारित भएको थियो । यस प्रश्तावले न्ऋऋ देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ । इरानलाई ती देशहरूमाथि आक्रमण तुरुन्त बन्द गर्न माग गरेको छ र त्यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको ठहर गरेको छ ।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
आधिकारिक टेलिभिजन च्यानल एमआरटीभीका अनुसार २०२६ को परीक्षाको पहिलो दिन बुधवार म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा कुल २ लाख ५५...
स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्रीका इन्टरसेप्टर क्षेप्यास्त्रहरू मध्यपूर्वमा सार्ने तयारी गरिरहेको एक...
भारतका इच्छा मृत्युको अनुमति
नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले आज पहिलोपटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ। इज्जतका साथ मृत्युलाई मौलिक हकको मान्यताको व्याख्या...




