कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्।
अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा लगाइएका तथा बिनाभिसा अलपत्र रहेका उनीहरू बैंककस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो। अलपत्र परेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको छ।
यसैगरी परराष्ट्र मकन्त्रालयले नेपाली दूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू (शिवराज पराजुली +८५५ १२ २१५ ५७८ र लालसिहं खडका +८५५ ९३ २०३ ६६६, कुमार छेत्री +८५५ ९६ ३४६ ५७८८) लाई सम्पर्क गर्न सूचना दिएको छ।
स्क्यामिङ केन्द्रले राहदानी राख्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी नभएका नेपालीलाई बैंककस्थित नेपाली दूतावासले एकतर्फी यात्रा अनुमतिपत्र पठाइदिने गरेको छ।
ताजा अपडेट
-
१.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
२.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
३.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
४.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
५.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...




