काठमाडौँ। नेपाली कांग्रेसले कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कोशी कांग्रेस सभापति एवं संसदीय दल नेता थापामाथि झापामा शनिबार भएको आक्रमणको निन्दा गरिएको उल्लेख छ।
झापाको कन्काई नगरपालिकाको सुरुङ्गानजिक थापामाथि आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ। कांग्रेसले घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि सरकारसँग गरेको हो।