केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। आर्यघाटमा अध्यक्ष ओलीले आफ्ना पिताको पार्थिव शरीरमा दागबत्ती दिनुभएको हो।
अन्त्येष्टिमा विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मोहनप्रसाद ओलीको आज बिहान भक्तपुरस्थित नेपाल-कोरियन मैत्री अस्पतालमा ९७ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले शोक व्यक्त गर्नु भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...




