Breaking News

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण नगरे एक हप्ताभित्रै सहज हुने निगमको दाबी छ।

शुक्रबार पत्रकार सम्मलेन गर्दै निगमले मासिक खपत अनुसार नियमित ग्यास आयत भइरहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो, `यहाँ मासिक खपत ४५ देखि ४६ हजार मेट्रिक टन हो। त्यो अनुसार हरेक महिना पाएकै छौँ। फागुनको २६ गतेसम्म पनि साढे ४५ हजार मेट्रिक टन ग्यास हामीकोमा आएको छ।’

ठाकुरले फागुनमा करिब ४९ हजार मेट्रिन टन ग्यास आयत भएको जानकारी दिनुभयो। ‘हालसम्म पनि ग्यास सहजै रुपमा आयत भइरहेको छ । तर उपभोक्ताले अनावश्यक भण्डारण गरे’, उहाँले भन्नुभयो, ‘त्यसरी थुपारेन भने एक हप्तामा ग्यास पाउने सहज वातावरण मिल्छ। आवश्यक नभई खरिद नगर्न हामी आग्रह गर्दछौँ।’

घरमा अनावश्यक ग्यास भण्डार गर्दा जोखिम निम्तिने पनि उनले बताउनुभयो। ‘विभिन्न हल्लाले पहिला एक वटा ग्यासले एक महिना पुग्ने ठाउँमा उपभोक्ताले धेरै भण्डारण गरेका छन्। यो काम भनेकाे जोखिम नित्याउनु पनि हो। त्यसैले त्यसरी घरघरमा स्टक नगर्नुस्’,’ उहाँले आग्रह गर्नुभयो।

नेपाल आयाल निगमले ग्यास अभाव हुन नदिनका लागि आजदेखि आधा सिलिण्डर बाँड्न थालेको छ। यसअघि १४.२ केजीको सिलिण्डर बिक्री हुँदै आएको थियो।निगमका अनुसार हाल देशभर करिब एक करोड ५० लाख ग्यास सिलिण्डर छन्।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बजारमा अहिले आपूर्तिमा कुनै समस्या नभए पनि उपभोक्ताले अनावश्यक स्टक गर्दा अभाव देखिएकाले यो पनि नहोस् भनेर आधा सिलिण्डर दिने व्यवस्था गरेको जानकारी दिनुभयो।

यतिखेर खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ। ग्यास डिपो र उद्योगहरू बाहिर आधा सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ता बिहानैदेखि लाइनमा बस्न बाध्य छन्। ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारमा खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ।

विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डर सडकपेटीमा लाम लगाइएका छन्। लाइनमा बालबालिका र युवादेखि वृद्धसम्म देखिन्छन्। पालो कुरेर घण्टौँ उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रष्टै देखिन्छ

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...