Breaking News

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता समेत रहेका शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको जनाउनुभएको हो। उहाँले निर्वाचनमा बुझाएको खर्च विवरणअनुसार, सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको छ।

त्यस्तै, सबैभन्दा कम मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ। यस्तै घरदैलोमा २ लाख ८० हजार, झण्डा, ब्यानर, नमुना मतपत्र, पोस्टमामा २ लाख २० हजार, मिडिया, स्पिकर, स्टेसनरीमा ३ लाख, भेटघाट तथा आमसभामा ३ लाख ५०, युवा परिचलानमा ८० हजार जिल्ला स्तरीय वृहत भेलामा २ लाख २५ हजार खर्च भएको उल्लेख गर्नुभएको छ।

उहाँ जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

 

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...