सिटीको जित, युनाइटेडको हार
काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार्दा म्यानचेस्टर सिटीले जित निकालेको छ। गए रातिको खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ। यता सिटी भने इप्सविच टाउनसँग सानदार जित निकाल्न पुगेको हो। युनाइटेड ब्राइटनसँग घरमै ३-१ गोलले पराजित भएको हो।
वर्ल्ड ट्राफोर्डमा खेलको पाँचौं मिनेटमै यान्कुबा मिन्तेहले युनाइटेडविरूद्ध गोल गरे। २३ मिनेटमा पेनाल्टीमार्फत ब्रूनो फर्नान्डिजले बराबरी गोल फर्काएका थिए। ६० मिनेटमा काउरू मिटोमाले गोल गरी ब्राइटनलाई अग्रता दिलाएका थिए। ७६ मिनेटमा पुनः ब्राइटनकै जर्जिनिओ रूटरले गरेको गोल निर्णायक बनेपछि युनाइटेड घरमै स्तब्ध भएको हो।
जितसँगै ब्राइटन ३४ अंक बनाएर तालिकाको नवौं स्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेड २६ अंकका साथ १३ औं स्थानमा छ। यता सिटीले इप्सविचलाई ६-० गोलले पराजित गरेको हो।
इप्सविचविरूद्धको जितमा फोडेनले दुई गोल गरे। २७ मिनेटमा उनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ३० मिनेटमा कोभ्यासिकले अग्रता दोब्बर पारे। ४२ मिनेटमै फोडेनले व्यक्तिगत दोस्रो गोल गरे। दोस्रो हाफको ४९ मिनेटमा जेरेमी डोकुले गोल गरे। ५७ मिनेटमा एर्लिङ हालान्ड र ६९ मिनेटमा जेम्स मिकाटीले गोल गरेपछि सिटीले सानदार जित हासिल गरेको हो।
जितसँगै ३८ अंक बनाएर सिटी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। इप्सविच टाउन १८ औं स्थानमा छ।
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




