समाचार

कतिको चिसो छ काठमाडौं?

काठमाडौं । देशभरको मौसम आज सामान्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सफा हुनेछ । बिहान तराईका अधिकांश स्थानमा कुहिरो र हुस्सु लागेको छ। पहाडी क्षेत्रमा मौसम सफा रहेको छ ।

कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली हुनेछ । बाँकी क्षेत्रमा मौसम सफा हुनेछ। काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रमम ५।४ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ ।

हाल पश्चिमी वायुको प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सम्बन्धित समाचार

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...

आज चैते दसैँ मनाइँदै

आज चैते दसैँ मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...