लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत नदिई केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकार क्षेत्र मिचेर पदमुक्त गर्ने प्रावधान विधानमा नभएको उहाँहरूले जिकिर गर्नुभएको छ ।
यही फागुन २८ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी अरू जिम्मेवारीबाट हटाउनुभएको थियो। शनिबार विज्ञप्ति जारी गरेर राजभण्डारी र आचार्यले आफूहरूमाथिको कारबाहीप्रति आपत्ति जनाउनुभएको हो।
“पहिलो प्रश्न, विधानको अवज्ञा गर्दै चरम स्वेच्छाचारिता प्रदर्शन गरेर हामीलाई पदमुक्त गर्नुपर्ने अवस्था वा बाध्यता के कारण आइलाग्यो रु पार्टी विधानको कुन धारा र व्यवस्थामा टेकेर अध्यक्षबाट हामीलाई पदमुक्त गरिएको हो? यस विषयमा हामी दुई मात्र नभई केन्द्रीय कार्यसमिति स्वयम् बेखबर रहेकोमा जानकारी सार्वजनिक गर्नहुन अध्यक्षज्यूलाई हामी विनम्र अनुरोध गर्दछौँ,” उहाँहरूले भन्नुभएको छ।
पार्टी अध्यक्षबाटै विधान, केन्द्रीय कार्यसमिति तथा अनुशासन समितिको अवमूल्यन भएको भन्दै उहाँहरूले खेद प्रकट गर्नुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको लज्जास्पद हारमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त नहुने उहाँहरूले उल्लेख गर्नुभएको छ।
“यो सर्मनाक असफलताको पूर्ण जिम्मेवारी नेतृत्वले हामी दुईमाथि मात्र थोपरेर ध्यान अन्यत्र मोड्दैमा लज्जास्पद हारको नतिजा र तथ्यांक परिवर्तन हुने होइन,” उहाँहरूले भन्नुभएको छ, “हामीलाई कारबाही गर्दैमा मूल नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त हुने पनि होइन ।”
ताजा अपडेट
-
१.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
२.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
३.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
४.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
-
५.
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
ट्रेन्डिङ
सम्बन्धित समाचार
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




