काठमाडौँ। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो। भारतको दाबीअनुसार यी तिनै स्थान...
दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको...
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले उनलाई संयुक्त राष्ट्रसंघमा राजदूत नियुक्त गर्ने घोषणा गरेका छन्। सामाजिक संजालमार्फत ट्रम्पले वाल्ट्जको सेवाको लागि धन्यवाद दिँदै उनको स्थानमा विदेश मन्त्री मार्को रुबियोले...
काठमाडौं। पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ। भ्याटिकनको सेन्ट पिटर्स स्क्वायरमा ‘इस्टर सन्डे’ का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको हो। ‘प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको...
काठमाडौँ। बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ। हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो। भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, ‘बंगलादेशमा हिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ।...
काठमाडौँ। अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टीभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको...
काठमाडौं । बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राजनीतिक शक्तिको दुरुपयोग गरेर जग्गाको अवैध अधिग्रहण गरेको आरोपमा राजधानी ढाकाको एक...
काठमाडौँ। शनिबार दिउँसो पाकिस्तानमा भूकम्प गएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार दिउँसो १२;३१ बजेतिर ५।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो।भूकम्पको धक्का पञ्जाबको अटोक, चकवाल, मियाँवाली जिल्ला र...
काठमाडौं। देशमा सैन्य कानून लागू गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरिदिएको छ। संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो। अदालतको यस्तो निर्णयसँगै युन राष्ट्रपतिबाट पदमुक्त...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology