राजनीति

बालबालिकाको स्वास्थ्यप्रति सचेत बन्दै शिक्षण संस्थामा जंक फुड निशेध गर्न पहल गर्छुः जि.सी.

पोखरा । कास्की क्षेत्र नं. २ ‘ख’बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले आफ्नोे क्षेत्र भित्रका शिक्षण संस्थामा जंक फुड निशेध गराउन आफूले पहल गर्ने बताएकी छन् । जंक फुडका कारण विद्यार्थी तथा बालबालिकाहरु धेरै बिरामी हुने गरेको बताउँदै उनले शिक्षण संस्थामा अनिवार्य रुपमा जंक फुड नियन्त्रण गर्नुपर्ने धारणा राखिन् ।

जंक फुडका कारण आफ्ना बालबालिका बिरामी हुने गरेको गुनासो धेरै अभिभावकबाट आइरहेको बताउँदै जि.सी.ले जंक फुड नियन्त्रण अभियानको सुरुवात शिक्षण संस्थाबाट हुनुपर्ने बताएकी छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्र भित्रका मतदाताहरुसँग छलफल गर्दै उनले आफूले शिक्षण संस्थामा जंक फुड नियन्त्रण गराउन सशक्त भूमिका खेल्ने र दबाब दिने बताइन् ।

‘शिक्षण संस्थासँगै घर–घरमा पनि जंक फुड नियन्त्रण गर्न आवश्यक छ,’ उनले भनिन्, ‘जंक फुडको सट्टा अर्गानिक खाजा तथा खाना खुवाउने वातावरण बनाउन जरुरी छ ।’ जंक फुड नियन्त्रण गर्न सके बालबालिकाहरुको स्वास्थ्य समस्या पनि कम हुने जि.सी.को भनाइ छ । जंक फुडका कारण रुघा, खोकी, टन्सिल, नाक बन्द हुने, स्यास्या हुने लगायत स्वास्थ्यमा अन्य धेरै समस्या देखिने भएकाले सबै सचेत हुन जरुरी रहेको जि.सी.ले बताइन् । जंक फुड नियन्त्रणका लागि राज्य संयन्त्रले शिक्षण संस्थाहरुमा अनुगमन गर्नसमेत आवश्यक रहेको जि.सी.को भनाइ छ ।

त्यसैगरी सरकारले खाद्यान्नको गुणस्तर समय समयमा चेक गर्नुपर्ने पनि जिसीले माग गरेकी छन् । जनताको स्वास्थ्यमा असर गर्ने गरी गुणस्तरहिन सामानहरु बिक्री गरेको पाइएमा तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

निर्वाचनका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार...

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन : प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताउनुभएको छ। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

सिंहदरबार जलाउनेलाई मुद्दा चलाउने निर्णय

काठमाडौँ । उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ...

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

कांग्रेसमा समाहित भयो बीपी कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । कांग्रेसले गरेको चुनावी सभाको क्रममा कांग्रेस (बीपी) समाहित...