अन्तर्वार्ता

श्रमिक जि.सी.लाई प्रश्न : स्वतन्त्र रुपमा उम्मेदवार बन्नुको खास कारण के हो ?

देशभर राजनीतिक दलका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या धेरै छ । यसैक्रममा महिला उद्यमी एवं सामाजिक अभियान्ता श्रमिक जि.सी.ले कास्की क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेकी छन् । यसैक्रममा उनीसँग उम्मेदवारी दिनुको कारण, योजना लगायत विविध विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

कास्की क्षेत्र नं. २ ‘ख’मा तपाईंको उम्मेदवारी किन ?

कास्की क्षेत्र नं. २ ‘ख’ मा मैले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । विशेष गरी पुराना राजनीतिक दलले महिला र युवालाई नेतृत्वबाट बञ्चित गराएका छन् । युवा र महिलालाई राजनीतिमा अगाडि आउन दिइएको छैन । अब हामीले युवा र महिलालाई राजनीतिमा आकर्षण गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मेरो उम्मेदवारी हरेक महिला र युवाका लागि प्रेरणाको स्रोत होस भन्ने म चाहन्छु ।

राजनीतिक दलबाट उम्मेदवारी नदिएर स्वतन्त्र रुपमा उम्मेदवार बन्नुको खास कारण के हो ?

पदका लागि राजनीतिक दलमा खिचातानी बढ्दो छ, जुन राजनीतिमा बढिरहेको विकृतिको उदाहरण हो । चुनाव जित्न र पदका लागि पुराना राजनीतिक दलका नेताहरु जस्तोसुकै कार्य गर्न पनि तयार हुनुहुन्छ । त्यस्तो फोहरी राजनीतिको हिस्सेदार बन्न म सकिनँ । राजनीतिमा देखिएको चरम बिकृतिले देश विकासतर्फ होइन विनासतर्फ धकेलिरहेको छ । फलस्वरुम जनतामा चरम निरासा बढिरहेको छ । देशको अस्तित्व नै गुम्ने खतरा बढिरहेको छ । यस्तो अवस्था हामी युवाहरुले देशलाई सहि दिशामा मार्गनिर्देश गर्न जरुरी छ । जसका लागि हामी राजनीतिमा होमिनुपर्ने बाध्यता आइपरेको छ । सोही कारण मैले कास्की २ ‘ख’बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुँ । लालटिन चुनाव चिन्ह मैले प्राप्त गरेकी छु ।

उम्मेदवार बनिरहँदा जनताबाट कस्तो खालको अपेक्षा गर्नुभएको छ ?

मैले अहिलेको चुनावमा महिला र युवा वर्गलाई अग्रस्थानमा राखेर उहाँहरुको मन र मत जित्ने विश्वास गरेको छु । जब म एउटा मिसन र भिजनसहित स्वतन्त्र रुपमा उम्मेदवार बनेँ त्यसपछि धेरै महिला तथा युवाहरुबाट मलाई समर्थन र प्रोत्साहन मिलिरहेको छु । उहाँहरुबाट प्राप्त साथ र सहयोगले मेरो मनोवल उच्च बनाएको छ र म उत्साही पनि छु ।

युवाहरु जागिर, व्यवसाय र सामाजिक संघसंस्थामा आबद्ध हुने प्रचलन बढि छ । तर, तपाईं राजनीतिमा किन होमिनुभयो ?

म पेशाले शैक्षिक क्षेत्र र धेरै सामाजिक संघसंस्थामा आबद्ध छु । तर, एउटा समृद्ध नेपालको सपना साकार पार्नका लागि सक्षम युवाहरु राजनीतिमा आबद्ध हुन आवश्यक छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै मैले पनि स्वतन्त्र उम्मेदवारी दिदै राजनीतिमा होमिएकी हुँ । युवाहरुलाई दलहरुले प्रयोग मात्रै गरे तर अबसर दिइएन । अब युवाहरु दलका नेताहरुको भर्याङ मात्रै नबनि राजनीतिक नेतृत्वमा लिएर अगाडि बढ्नुपर्छ ।

तपाईंका चुनावी प्रतिबद्धताहरु के–के छन् ?

समृद्ध प्रदेश निर्माण गर्ने, महिला हिंसालाई शून्य बनाउने, महिला र युवालाई उद्यममा प्रोत्साहन गरी लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटनको विकास, महिला सशक्तीकरण गर्ने, लैंगिक समानता कायम गर्ने, पीछडिएका वर्गको उत्थान गर्ने मेरो प्रतिबद्धता छ । सुरक्षित प्रदेश बनाउने अभियानमा म लाग्नेछु ।

सम्बन्धित समाचार

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा...

नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली

नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली

काठमाडौं। लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । भृकुटीमण्डपमा...