जुम्लामा ८५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप
खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३ सय ३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए ।
कूल जनसङ्ख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४ सय ८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् ।
नगरभित्रका २५ हजार ९ सय ९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९ सय ७२, दोस्रो खोप ११ हजार ७ सय ९४ र बुस्टर खोप एक हजार २ सय २७ जनाले लगाएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।
पातारासी गाउँपालिकामा पहिलो खोप नौ हजार ४ सय ६६, पूर्ण खोप सात हजार ३ सय १५ र बुस्टर १ सय ७३ जनाले लगाएका छन् । त्यस्तै कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १ सय ७ र पूर्ण खोप चार हजार ४ सय ३६ जनाले लगाएका छन् । सिञ्जामा पहिलो खोप पाँच हजार ३ सय ५४ र पूर्ण खोप चार हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप सात हजार ५ सय २६, पूर्ण खोप चार हजार ६ सय ५७ र बुस्टर खोप ४ सय ७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
तातोपानी गाउँपालिकामा पहिलो खोप सात हजार ४ सय ४१ र पूर्ण खोप चार हजार ६ सय १६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप पाँच हजार ९ सय ५४ र पूर्ण खोप तीन हजार ५ सय ९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १ सय ९७ र पूर्ण खोप चार हजार ६० जना र बुस्टर १ सय ७८ जनाले कोभिडविरुद्धको खोप लगाएको कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन् । परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन नमानेका हुन् । पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोपकार्ड लागू गरेपछि कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कार्यालय प्रमुख सापकोटाले बताए ।
हवाई सेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागी हुन अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने नियम सरकारले लागू गरेपछि खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख बताउँछन् ।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




