प्रदेश

‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउनुपर्छ ’   

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उनले शिक्षकलाई दोष दिई शैक्षिक गुणस्तरमा प्रश्न उठाउन मिल्दैन भने । “शिक्षकलाई मात्र दोष थुपारेर अन्य पक्ष जिम्मेवारीबाट पन्छिन मिल्दैन”, उले भने “सबैका आ–आफ्ना परिभाषित जिम्मेवारी छन्, सबैले ती जिम्मेवारी पूरा गरे सामुदायिक विद्यालय नमूना बन्न सक्छन, सबैको सहकार्यबाट सकारात्मक नतिजा आउँछ ।”

भेरीगङ्गा नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले प्रदेश सरकारबाट पालिकामा भए गरेका विकास निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।  शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले चालु आर्थिक वर्षको पहिलो चरणमै सामुदायिक विद्यालय भवनको शिलान्यास सुरु भएको जनाउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न विद्यालय व्यवस्थापन र उपभोक्ता समितिलाई आग्रह गरे ।

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...