शुक्रबार, पुस १२, २०८१
English
Follow us:

सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल   

सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल   

  • खबर सेवा

  • सोमवार, फाल्गुन २, २०७८

  • 6
    SHARES

गण्डकी :  पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो ।

पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो ।

एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस ‘पेडेस्ट्रेन ओभरहेड’ प्रविधियुक्त सो पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनको माथिल्लो भागका सबै संरचना निर्माणका लागि स्टिल प्रयोग गरिएको छ ।

पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलका आकर्षक फोटो प्रदर्शनले सौदर्यकरण गरिएको उक्त आकाशे पुल पछिल्लो समय यात्रुलाई बाटो काट्न सहज पुग्नुका साथै टिकटक बनाउने र फोटो खिच्नेका लागिसमेत थप आकर्षण बनेको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि निर्माण कम्पनी केएम जेविएनएस पोखरा जेवीसँग सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य २०७७ साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समय भन्दा केही महिनापछि निर्माण सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology