‘इ–क्याब नेपाल’मा आकर्षण बढ्दै, ट्याक्सी बुकिङको सजिलो अनलाइन प्लेटफर्म
काठमाडौं । अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’मा आकर्षण बढेको छ । गत माघ ९ गतेबाट सेवा प्रदान गर्न सुरु गरेको इ–क्याब नेपालमा हालसम्म करिब ३ हजार वटा ट्याक्सी आबद्ध भइसेका छन् ।
नेपालमा इ–क्याब नेपाल प्रभावकारी बन्दै गइरहेको प्रवन्धक दिकेश प्रधानले जानकारी दिए । ट्याक्सी बुकिङलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन इ–क्याब नेपालको सुरुवात भएको थियो । ‘लक्ष्य अनुसार सेवा प्रदान गर्न सफल भएका छौं,’ उनले भने, ‘यात्रुलाई सहज तरिकाबाट ट्याक्सी बुकिङ गर्न यो प्लेटफर्म प्रभावकारी बनेको छ ।’
काठमाडौंबाट शुभारम्भ गरिएको यो सेवालाई नेपालका मुख्य शहरहरुमा तथा विदेशमा पनि विस्तार गरिने कम्पनीलेको लक्ष्य छ ।
बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, सजनी लामा र रबट विश्वकर्माको लगानी तथा पहलमा इ–क्याबको सेवा सुरु भएको हो । विश्वस्तरीय सेवा सुविधा तथा आधुनिक प्रविधिको प्रयोगसँगै इ–क्याब नेपालको सेवा सुरु भएको लगानीकर्ताहरुको भनाइ छ ।
‘अनलाइनटबाट ट्याक्सी बुकिङ गर्न सकिने गरी इ–क्याब नेपालको सेवा शुभारम्भ गरेका हौं,’ प्रवन्ध निर्देशक सन्तोष मण्डलले भने, ‘नेपाली यात्रु र विदेशबाट नेपाल आउने पर्यटकहरु यो सेवाबाट लाभान्वित भएका छन् ।’ नेपालबाट सुरुवात भएको यो सेवालाई आगामी दिनमा अन्य देशमा पनि विस्तार गर्ने योजना रहेको मण्डलले जानकारी दिए ।
इक्याब नेपालले विभिन्न स्किमसहित बजार विस्तार अभियानलाई तिब्र बनाएको प्रवन्धक प्रधानले बताए । ‘यात्रु र इक्याब नेपालमा आबद्ध चालकहरुलाई लक्षित गरी थप लाभदायिक स्किमहरु ल्याउने तयारीमा हामी छौं,’ उनले भने ।

सम्बन्धित समाचार
आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा
काठमाडौं।नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आइटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी...
नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर
काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा...
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
काठमाडौं। सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त...
शाओमी १५टी मोबाइ नेपाली बजारमा
काठमाडौं। स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा...




