हिसानको आठौँ राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते काठमाडौंमा
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको हिसानले जनाएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारीः हिसानको योगदान र जिम्मेवारी’ नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयहरुकोे राष्ट्रव्यापी सञ्जाल मानिने सो संघको महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् ।

अधिवेशनका अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहसको कार्यक्रम पनि राखिएको अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए । महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरुको समस्याहरू पहिचान गरी सामूहिकरूपमा समस्या समाधान गर्न, दबाब समूहका रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान दिनेछ ।
हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित माध्यमिक विद्यालय तथा उच्च शिक्षालयहरुमा करिब पाँच लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने दुई लाखभन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारी प्रत्यक्ष तथा लाखौँले अप्रत्यक्ष रोजगारी पाएका छन् । आठौँ महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षकहरु गरी ६५० जनाको उपस्थिति रहने छ ।

उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदाहुँदै पनि विदेशी शिक्षाको नाममा वार्षिकरूपमा हजारौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौँ रुपैयाँ बाहिरिरहेको सन्दर्भमा शिक्षालय सञ्चालकहरु र सरकार संवेदनशील हुन जरुरी भएको हिसानले जनाएको छ । अध्यक्ष सिलवालले सरकारले ठोस प्रस्ताव ल्याए आफूहरु सामुदायिक शिक्षा क्षेत्रसँग असल अभ्यास आदानप्रदानका लागि हातेमालो गर्न तयार रहेको जनाए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




