एलायन्स क्लब अफ काठमाडौं सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन
काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ नेपाल अन्तर्गत एलायन्स क्लब अफ काठमाडौं सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरणबाट वर्ष २०२२–२३ का लागि क्लब प्रेसिडेन्टमा सुवर्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् ।
क्लबका २०२१÷२२ अध्यक्ष गुणा सिलवालले यस वर्षका अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरेकी हुन् ।
प्रथम भाइस प्रेसिडेन्टमा प्रितिमा आचार्य, द्वितीय भाइस प्रेसिडेन्टमा दिया देबकोटा, क्लब सचिवमा वीरबहादुर बम्जम, क्लब कोषाध्यक्षमा बिक्रम सिंह गुरूङ चयन भएका छन् ।
कार्यक्रम निबर्तमान डिष्ट्रिक्ट गर्भनर नन्दराज पोखरेलको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित कार्निभल क्याफेमा सम्पन्न भएको हो । डिष्ट्रिक्ट गभर्नर राहुल रेग्मीले एलायन्स क्लबबारे तथा आगामी वर्ष २०२२÷२३ को कार्यक्रमबारे मन्तब्य राखेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट फस्ट भिडिजी धना आचार्य, सेकेण्ड भिडिजी सुस्मा कोइराला, थर्ड भिडिजी भिकेस ठकुरी लगायतले बोलेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




