प्रमुख खवर

व्युटिपार्लर एसोसिएसन गण्डकी अध्यक्षमा रुपकला, महासचिवमा बबिता

पोखरा । व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा रुपकला श्रेष्ठ निर्वाचित भएकी छन् । बुधबार भएको भेलाले उनको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा अर्याल, उपाध्यक्षमा सोमना श्रेष्ठ, महासचिवमा बबिता केसी कार्की, उपमहासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा सावित्री श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा पुष्पा पौडेल, निशु अधिकारी, सपना श्रेष्ठ, नेहा घताने, मञ्जु अधिकारी, शिला कार्की, भीमा गुरुङ, कामना गुरुङ, रिता कार्की छन् ।

सोही भेलाबाट व्युटीपार्लर एसोसिएसन कास्कीको पनि नयाँ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा सुस्मा गुरुङ, उपाध्यक्षमा टेकमाया गुरुङ, सचिवमा छायाँ ढकाल, कोषाध्यक्ष सुनिता गुरुङ, सहसचिव शिशीर गोदार छन् । सदस्यमा हिमानी गुरुङ, शान्ता लामिछाने, प्रभा वैद्य, बुद्ध गुरुङ, पूर्ण कला गुरुङ, सुशीला केसी निर्वाचित भए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले सौन्दर्य व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघले अन्य बस्तुगत संघसंस्थालाई जस्तै प्राथमिकतामा राख्ने बताए । विशेष अतिथि घरेलु तथा साना उद्योग महासंघ महिला समिति गण्डकीका अध्यक्ष एवं व्युटीपार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार चिनु गुरुङले पोखरामा ३ दशकसम्ममा आफूले उत्पादन गरेका सौन्दर्य व्यवसायीहरुलाई पेशागत हकहित, अधिकारसम्पन्न बनाउँदै एउटै छातामुनी राख्न सफल हुँदा खुसी लागेको बताइन् । ‘यो व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै अगाडि बढ्न आवश्यक छ,’ उनले भनिन् । नवनिर्वाचित प्रदेश र जिल्ला कार्यसमितिले आगामी दिनमा व्यावसायिक हकहितका क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा कस्मेटिक व्यवसायी संघका महासचिव सरु बराल, नेपाल व्युटिसियन संघ गण्डकी प्रदेश एवं व्युटिपार्लर एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइराला, नाइ संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुर, पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक मुना बास्तोला लगायतले बोलेका थिए ।

एसोसिएसनका निबर्तामान अध्यक्ष सुनिता अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव बबिता केसी कार्कीले गरेकी थिइन् । सोही अवसरमा लक्ष्मी बैंक लि.सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रमसमेत सम्पन्न भएको छ ।

कारभानल कम्पनीको तर्फबाट कम्पनीका व्यवस्थापक एवं टेक्निसियन टंकप्रसाद तिमिल्सिनाले हेयर कलरको डेमो प्रदर्शनी गरेका थिए ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...