नेपाल घुम्न आउने पर्यटकहरुलाई नगद नै बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।
विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । पछिल्लाे समयमा विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार गर्ने गरेकाे पाइएकाे छ ।
तर, विमानस्थलको प्रणालीले काम नर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जानकारी दिएको छ ।
पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले पर्यटकहरुलाई भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झट छ । सोही कारण नगदनै बोकेर आउन भनिएको अध्यागमनले जानकारी दिएको छ ।