प्रमुख खवर

पोखरा महानगरको मेयर समाजवादीले पाउनु स्वभाविक होः आचार्य

काठमाडौं । सत्ता पक्षीय गठबन्धन दलहरुबीच महानगर भागबण्डामा सहमति भएको छ । यसैक्रममा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)को पक्षमा परेको छ । बालुवाटारमा मंगलबार बसेको सत्तारुढ दलहरुको बैठकमा यस विषयमा सहमति भएको हो ।

पोखरा महानगरपालिका आफ्नो पार्टीको पक्षमा पर्नु स्वभाविक भएको एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले बताए । खबरसेवासँग कुरा गर्दै आचार्यले भने, ‘पोखरा महानगरपालिका हाम्रो पार्टीलाई पर्नु स्वभाविकै हो । अब हामी गठबन्धनदलहरुबीच सहकार्य गर्दै चुनावी जित्ने गरी अभियानमा होमिन्छौं ।’

महानगरमा चुनाव जित्ने उम्मेदवारलाई आफ्नो पार्टीले टिकट दिने विश्वाससमेत उनले व्यक्त गरे । ‘अब हाम्रो पार्टीले चुनाव जित्न सक्ने व्यक्तिलाई टिकट दिन्छ । सबै दलहरुले मिलेर, सहकार्य गरेर अगाडि बढ्दौं ।’

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...