तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने : प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्नेु पर्ने बताएका हुन्। कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने , “हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।”
निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह समेत गरे । “अब केही दोधार छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ”, अध्यक्ष दाहालले भने । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने उल्लेख गर्दै उनले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




