प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन ओलीकाे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आग्रह गरेका छन् ।
केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको विरोध आग्रह गरेका हुन ।
उनले भने, ‘हाम्रो पाटीका कोही साथीहरूले यस्तो मौका पर्या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गेरेका छन्। । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौँ ।’
त्यसैले यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भुलचुकले पनि नबोल्न आग्रह गर्दछु ।
अब एमाले पार्टी एकस्वरमा अगाडि बढ्नुपर्ने भन्दै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न ओलीले नेताहरूलाई भनेका हुन् ।
एमालेले ठिक समयमा ठिक निर्णय गर्दै अगाडि बढिरहेको उनको दाबी थियो । उनले भने, ‘स्पष्टताका साथ, बिना द्विविधा एकस्वरले अगाडि बढ्नुपर्छ ।
आज प्रमुख शक्तिको हैसियत हामीले कायम रहेका छौँ । देशमा एमालेको लहर सिर्जना गरेका छौँ । होइन भने एमाले गन्तव्यहीन, दिसाहीन खत्तम भएर, ध्वस्त भएर, प्रचण्ड(माधवहरूको कब्जामा जान्थ्यो ।’
प्रतिनिधिसभा विघटन गरी ठिक निर्णय नलिएको भए एमाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छा पूर्तिमा लागेर समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




