प्रमुख खवर

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र आज सार्वजनिक गर्दै

 

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र आज सार्वजनिक गर्दै छ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिएका थिए।

महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।
यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...