नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक

काठमाडाै । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालगायतले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले २०७४ सालदेखिको सरकारको काम कारवाहीको समीक्षासमेत गरेको छ ।
पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनप्रतिनिधिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात् गर्दै आफ्ना पार्टीका तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले गर्ने केही महत्वपूर्ण कामका बारेमा समेत ‘कांग्रेसको सङ्कल्प’मा समेटिएको छ ।
जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर आज उक्त सङ्कल्प सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयन आजदेखि नै सुरु गरेको छ । सत्तागठबन्धनको नेतृत्वकर्ता कांग्रेसललगायतका दलले एकापसमा मिलेर निर्वाचनमा जाने सहमति गरिसकेको छ ।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




