प्रमुख खवर

स्थानीय तह निर्वाचनका उम्मेदवारविरुद्ध आज दाबी विरोधको उजुरी दिन पाइने


काठमाडौ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारविरुद्ध आज दाबी विरोधको उजुरी दिने समय दिएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय चुनावको लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज मंगलबार दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आजको समय दिएको हो ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसा उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।
आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइने प्रवाधान रहेको छ ।
तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन् ।

तर पनि,आयोगले आजै दावी विरोधको उजुरी दिने समय पनि यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने वैशाख १४ र १५ गते गर्नेछ ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । वैशाख १६ गते भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

वैशाख १७ गते उम्मेदवार बनेकाहरूले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ ।

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...