प्रमुख खवर

अन्नपूर्ण केवलकार पोखराको फ्रि सटल बस सेवा संचालन

पोखरा । अन्नपूर्ण केवलकार पोखरा प्रा।लि।ले केवलकार चढ्ने यात्रुलाई लक्षित गरी सटल बस सञ्चालनमा ल्याएको छ । निशुल्क सञ्चालन गरिएको सो बस सेवा बिहान साढे चारबजेबाट साँझ चार बजेसम्म सञ्चालन गरिने प्रालिले जनाएको छ ।

सूर्योदय अवलोकन गर्ने यात्रुकालागि बिहान साढे ४ बजेबाट नै बस सञ्चालन गर्न लागिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । केवलकारले जारी गरेको तालिका अनुसार सूर्योदयका लागि बिहान चार बजेर २५ मिनेटमा बस फिस्टेल गेट, चार बजेर ३० मिनेट जाँदा अम्बोट, चार बजेर ३५ मिनेट जाँदा गौरीघाट र चार बजेर ४० मिनेट जाँदा बाराही चोकबाट छुट्ने बताइएको छ ।

यसैगरी चार बजेर ४५ मिनेट जाँदा सेन्टर पोइन्टचोक, चार बजेर ५० मिनेट जाँदा हल्लनचोक हुने ५ बजेर १० मिनेटमा केवलकारको बटम स्टेशनमा आईपुग्ने केवलकारले जनाएको छ । सूर्योदय अवलोकन पश्चात फर्किने यात्रुलाई सेवा दिएपछि उक्त सटल बस पुन ८ बजेर ३० मिनेटबाट साँझ ४ बजेसम्म सुचारु गरिने पनि प्रालिले जनाएको छ । अन्नपूर्ण केवलकारले यात्रुको सहजतालाई मध्यनजर गरी निशुल्क बस सञ्चालनमा ल्याएको हो महाप्रबन्धक पौड्यालले भने केवलकार यात्रा गर्न चाहनेले उल्लेखित स्टेशनबाट बस सेवा लिन सक्नेछन् ।

बिहानी तथा दिउसोको यात्रा रुट अन्तर्गत हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृह चोक हुदै न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार र पृथ्वीचोक रहने प्रशासक प्रमुख अरुण कोइरालाले जानकारी दिए । यसैगरी सो बस एयरपोर्ट, विरौटा, डेभिड फल्सबाट पून विरौटा हुदै ड्यामसाइड, राष्ट्रबैैक चोक, फिस्टेलगेट, गौरीघाट, बाराही चोक, सेन्टरप्वाइन्ट, हल्लनचोक हुदै केवलकारको बटम स्टेशन आउने मुख्य प्रशासक कोइरालाले बताए ।
गत फागनु ६ गतेबाट सेवा सञ्चालनमा ल्याएको केवलकारले आन्तरिक तथा बाह्य पर्यटककालागि सूर्योदय र सूर्यास्त अवलोकनलाई मध्यनजर गरी बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गरिरहेको छ । फेवाताल किनार सेदीबगरबाट सराङकोटसम्मको साढे दुई किलोमिटरको यात्रा १० मिनेटमा नै तय गर्न सकिनेछ ।

नेपाली यात्रुका लागि विभिन्न छुट दिदै आएको केवलकार प्रालिले विद्यार्थी र जेष्ठ नागरिकका लागि २५ प्रतिशत, शारीरिक तथा बौद्धिक अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यसैगरी ऋण तथा बचत सहकारी संस्थाका पदाधिकारी एवमृ कर्मचारीलाई १० प्रतिशत र बुद्द तथा यती एयरबाट काठमाण्डौं पोखरा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पासको आधारमा १२ प्रतिशत छुटको व्यवस्था गरेको छ । बुद्द र यति एयरबाट यात्रा गरेको पाँच दिन भित्र बोर्डिङ पाससहित आएमा १२ प्रतिशत छुट पाइने बताइएको छ । महाप्रबन्धक पौड्यालले भने “यति एयरलाईनको स्काई क्लव कार्डमा पनि छुटको व्यवस्था गरेका छौं ।”

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...