वैदेशिक रोजगारमा गएका मध्ये १०.४ प्रतिशतले आत्महत्या गर्ने

काठमाडाैं । मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख डा सरोज ओझाले भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताए।
उनले भने, “मानसिक रोगीलाई आधा परामर्श र आधा औषधिबाट निको पार्न सकिन्छ ।” उहाँले सरकारले मानसिक स्वास्थ्यमा लगानी गरी नेपालमा नै मानसिक स्वास्थ्यको गुणस्तर सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
परामर्श केन्द्रले अहिलेसम्म गरेको अध्ययनअनुसार ४० प्रतिशत चिन्ताजन्य समस्या, २६ प्रतिशत डिप्रेशन र मानसिक असन्तुलन, छारे रोगजस्ता अन्यमा समस्या देखिएको जनाएको छ ।
मनोविज्ञ करुणा कुँवरले कोभिड–१९ को महामारीपछि बालबालिकामा मानसिक रोग देखिएको बताए । उनका अनुसार बालबालिकामा डराउने, दुःखी देखिने, आत्तिने, चिन्तित देखिने, अनुशासनजन्य समस्या, ध्यान एकीकृत गर्न नसक्ने, विद्यालय नआउने, विद्यालयमा अनुपस्थित हुनेलगायतका समस्या देखिने गरेका छन् ।
उनले कोभिड–१९ को महामारीमा ९ देखि १६ वर्ष उमेर समूहका बालबालिका आत्महत्या गरेको पाइएको बताए । “कोभिड–१९ को बन्दाबन्दीमा पहिलो एक हप्ता बालबालिका छुट्टै जस्तै मनाएका थिए । तर बन्दाबन्दीको १५ दिनपछि बालबालिका आत्तिएको पाइयो”, उनले भने, “लगातारको बन्दाबन्दीले विद्यालय जान, साथीभाइसँग भेट्न, खेल्न नपाएर धेरैमा आत्तिएर मानसिक समस्या नै देखिएको पाइयो ।”
केन्द्रका अध्यक्ष डा एसपी कलौनीले विद्यालय तहमा बालबालिकाको मानसिक स्वास्थ्य परामर्श दिनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । उनका अनुसार १० देखि १५ प्रतिशत विद्यार्थीलाई विशेष खालको मनोवैज्ञानिक पद्दतिबाट उपचार गराउनुपर्ने आवश्यकता देखिएको छ ।
यस्तै केन्द्रले गरेको अध्ययनमा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ७३ प्रतिशतमा चिन्ताजनक समस्या, १७ प्रशितमा डिप्रेशन, चार प्रतिशतमा आघात र तीन प्रतिशतमा आत्महत्याका प्रयास भएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वैदेशिक रोजगारमा गएकामध्ये १०.४ प्रतिशत आत्महत्या गर्ने जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




