हामी निर्वाचित भएपछि पोखराका जिर्ण बाटाको मुहार फेछौँ : आचार्य
काठमाडौं । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यल आफु निर्वाचित भएपछि पोखराका सडकहरु मर्मत सम्भार गर्दै स्तरोन्नती गर्ने बताएका छन् ।
साथै आर्चायले पोखरा महानगरपालिका काम गर्न नसकेर विचरा भएको टिप्पणी गरेका छन् ।पोखरा १५ मा जारी चुनावी घरदैलो कार्यक्रमका क्रममा उमेदवार आचार्यले पोखरा महानगरको कमजोर नेतृत्वका कारण पोखरामा विकास हुन नसकेको बताएका हुन् ।
उनले भने, ‘कमजोर नेतृत्वकै कारण न विकास भयो, न त समृद्धिको आधार नै तयार भयो ।’ उमेदवार आचार्यले अहिले पोखराका बाटाहरु अहिले रोइरहेको टिप्पणी गरे ।
उनले भने, ‘पोखराका जिर्ण बाटाहरु रोएका छन् । जसका कारण पोखरेलीले खुसीको सास फेर्न पाएनन्, वितेको पाँच वर्ष त्यसै खेर गयो ।’उनले अव आफु निर्वाचित भएपछि पोखराका सडकहरु मर्मत सम्भार गर्दै स्तरोन्नती गर्ने विश्वास समेत दिलाए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




