प्रमुख खवर

लिटल बुद्धज एकेडेमीमा ग्रयाजुएस, पुरस्कार वितरण र सम्मानसहित कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं–१५ स्वयम्भूस्थित डल्लूमा सञ्चालित लिटल बुद्धज एकेडेमीले आइतबार किन्डर्स गार्डेन ग्रयाजुएसन सेरेमोनीसहित वार्षिक पुरस्कार वितरण, सम्मान लगायत विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा प्रि प्राइमरीका २६ जना विद्यार्थी ग्राजुएट भएर कक्षा १ मा प्रवेश गरेका छन् ।विद्यालयले सोही अवसरमा वार्षिकपरीक्षा नतीजा घोषणा समेत गरेको छ ।

उत्कृष्ट विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ । वार्षिक खेलकुदमा विजयी विद्यार्थीलाई मेडल र सर्टिफिकेटबाट विद्यालयले सम्मान गरेको छ ।

त्यसैगरी दीर्घसेवा सम्मानबाट सुमित्रा डंगोल, आरती राई, रजिना नापित सम्मानित भएका छन् । उत्कृष्ट वर्ष शिक्षीकामा शोभा श्रेष्ठ, रिजु महर्जन सम्मानित भए । वर्ष विद्यार्थी सम्मानबाट नितेश महर्जन, क्षितीज शाक्य सम्मानित भएका छन् ।

नेशनल प्याब्सनका उपाध्यक्ष प्रमोद प्रभाकर रिजालको प्रमुख आतिथ्यतामा तथा विशेष अतिथिमा कीर्तिपुरस्थित साल्भानिया एकेडेमीका प्रिन्सिपल डा. नवरथ बानियाँलेको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै एकेडेमीका संस्थापक प्रिन्सिपल नारायण कुमार कार्कीले गुणस्तरीय शिक्षामा सधैं प्रतिबद्ध रहेको बताए ।नवनित किड्स जोन मान्टेश्वरी कुलेश्वरकी प्रिन्सिपल नीता श्रेष्ठले विद्यार्थीको सपना साकार पार्न र लक्ष्य प्राप्तिमा अभिभावकहरुर शिक्षकरशिक्षिकाको अहम भुमिका रहने बताइन् ।

त्यस्तै योगी श्री मिसनले आफ्नो मन्तव्यमा कितावी ज्ञानमात्रले शिक्षा अधुरो हुने भएकाले शिक्षामा पूर्णत्व प्राप्तिको लागि योग शिक्षामार्फत आफूलाई पनि पढ्नु पर्छ भन्ने भनाइ राखे ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...