प्रमुख खवर

दोस्रो प्रधान सेनापती बृहत् विज्ञान प्रदर्शनी २०७८ सम्पन्न

काठमाडौं । श्री रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयद्वारा  आयोजित दोस्रो प्रधान सेनापती बृहत् विज्ञान प्रदर्शनी २०७८ सम्पन्न भएको छ ।

काठमाडौ जिल्ला, बाँसबारीस्थित श्री रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयको १७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा आयोजित “ कार्यक्रम प्रधान सेनापति महारथी प्रभुराम शर्माले समापन गरेका थिए।

कार्यक्रम को समापन गर्दै प्रधान सेनपती ले यस्ता किसिमको प्रदशर्नीले विधार्थीहरुको प्रतीभालाई प्रष्फुटन गर्न सकिने बताएका छन् । साथै उनले भविष्यमा गएर सक्षम नागरिक बन्न सफल हुने र देश विकासमा पनि योगदान दिने वताएका हुन् ।

 

दुई दिन सम्म राखिएको प्रदशर्नीमा विभिन्न विधालय को सहभागिता रहेक थियो । प्ररदशर्नीमा १३० वटा स्टल राखिएको थियो ।जसमा आयोजक विधालयबाट ११६ स्टल थियोे भने २४ वटा काठमाडौका अन्य विधालयका विधार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदाशर्नीमा विधार्थीहरु बिज्ञान प्रविधि समन्धी विभिन्न जानकारी मुलक कुराहरु समावेश गरेका थिए । जसमा आधुनिक कृषि कसरी गर्ने ,फोहोर व्यस्थापन कसरी गर्न सकिन्छ कसरी हामीले आफ्नो घर अफिसलाई कसरी सुरक्षा दिन सकिन्छ , भुकम्प जनु भन्दा पहिले जानकारी दिने मेसिन ,रोबर्ट ,हिसावहरु कसरी सहज तरिका बाट सिक्न सकिन्छ भन्ने कुराहरु सिकाउने खाल का कुरा हरु प्रस्तुत गरेका थिए ।

मेसिनको साहायताले सवारी दुर्घटना लाई कम गर्न कसरी सकिन्छ भन्ने कुरा पनि समाबेश गरिएको थियो।स्मार्ट सिटिको नमुना समेत प्रस्तुत गेरेक थिए ।

प्रदर्शनीमा अतिथि श्री प्रभुराम शर्माको विशेष अतिथि सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले विशेष अतिथि सैनिक श्रीमती संघका उपाध्यक्ष सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपत्यका कमाण्ड सेनापति, सैनिक श्रीमती संघका अन्य कार्यकारिणी पदाधिकारीहरु, अन्य विशिष्ट महानुभावहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, प्रिन्सिपल तथा सम्पर्क अधिकृतहरु, विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत अवलोकन कार्यक्रम समेत रहेको थियो ।

 

प्रदर्शनीको पुरस्कार वितरण तथा समापन समारोहमा प्रदर्शनीका उत्कृष्ट विद्यालय एवम् शिक्षकहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिको बाहुबलीबाट पुरस्कृत पनि गरिएको थियो ।

सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी श्री आनन्द कुमार अधिकारी र सहायक रथी विजय थापा  विद्यालयको दोस्रो प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी  उद्घाटन गरेका थिए ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...