अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा
काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो ।
पछिल्ला हप्ताहरुमा हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष्य बनाएको भन्दै यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ ।
सो परिषदले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानमा मजार ए शरिफमा रहेको मस्जिदमा गत बिहीबार गरिएको हमलाका साथै अन्य आक्रमण हुँदा कैयौँ नागरिकको ज्यान गएको घटनाको निन्दा गरिएको थियो ।
साथै सो विज्ञप्तिमा गत शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो घटनाको पनि निन्दा गरिएको छ ।
अफगानिस्तानमा जारी रहेका यी आतंककारी हमलाहरुको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले निन्दा गर्दै यस्ता हमलाका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




