काभ्रेपलाञ्चोकमा गाडी ठोकिँदा पाँच जनाको मृत्यु, १८ घाइते
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु भएको छ । साथै १८ घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका -११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो ।
सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका-८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी १८ जना भएको र उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




