प्रधानसेनापति शर्माद्वारा ऋषिङको सुरक्षा पोष्टको निरीक्षण
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका-८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन् ।
प्रधानसेनापति शर्माले व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ)ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्रिया गरेका थिए ।
सो क्रममा उनले उक्त ठाउँमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्ले सम्पादन गर्न निर्देशन दिए ।
निरीक्षणका क्रममा कालीभञ्जन गण (इ)का गणपति प्रमुख सेनानी रामज्योति बोहराले प्रधानसेनापति शर्मालाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




